दाङ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ गोरखलाल खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जले पनि उपचार सम्भव नभएको भन्दै भारत पठाएको थियो ।
खड्कालाई मंगलबार राति घर नजिकै बसिरहेको अवस्थामा युवाको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले सोही ठाउँका पवन केसी, झक्कु वली र विनाश पुनलाई पक्राउ गरेको छ । v