गर्मीमा दही मोही खानुको फाइदैफाइदा 

काठमाडौं। गर्मी मौसममा चिसो दही खाँदा शरीरमा शीतलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाइदा पुग्दछ ।

दही सेवनका फाइदा
दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ ।

पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।

अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।

आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पुर्‍याउँछ ।

मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।

दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्‍याउँछ ।

दहीको सेवनले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।

दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।