बढी सामान बोकेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – बिलबिजकभन्दा बढी सामान लोड भएको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएर राजश्व कार्यालयमा बुझाएको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा ना ६ ख ५५१ नम्बरको मालबाहक ट्रक चेकजाँच गरेको थियो।वीरगञ्जबाट कैलाली जाँदै गरेको उक्त ट्रकमा लोड रहेको खुद्रा सामान तथा औषधिहरु बिलबिजकभन्दा बढी रहेको पाइएको प्रहरीको भनाइ छ।

ट्रकमा लोड रहेको ८५ लाख ७० हजार २४० बराबरको खुद्रा तथा औषधिहरु थप कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए