डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा आएका छन् । उनले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे ।
त्यसक्रममा उनले रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रूपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गर्ने आश्वासन दिए ।
उनले सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।
उनले डडेल्लधुरा प्राकृतिकरूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने बताए ।