प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन् ।

उनले यही मङ्सिर २६ देखि २९ गतेसम्म भारत भ्रमण गर्ने बताइएको छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारत भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ ।