बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौती रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) द्वारा ललितपुरमा आज आयोजित रोजगार परामर्श समिनारलाई सम्बोधन गर्दै मन्त्री महर्जनले कृषि क्षेत्रमा ठूलो आयात भइरहेकोले युवालाई कृषि उत्पादनमा जोड्न सिप दक्षतालाई अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।
युवाको विदेश पलायनलाई रोक्दै स्वदेशमै श्रम, रोजगार, उद्यमी र व्यवसायी बनाउनुपर्ने उहाँको भनाई थियो । उहाँले देशको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले युवालाई विभिन्न निकायबाट सीप सिकाउने काम भए पनि त्यो प्रभावकारी नबनेको तथ्य उल्लेख गर्दै तालिम र रोजगारीसँगसँगै जोडिनुपर्ने बताउनुभयो ।
नेपाल भौगोलिकरूपले विशिष्ट तथा प्राकृतिक स्रोतरसाधन सम्पन्न मुलुक भएकोले कृषि विकासका लागि अथाह संभावना र पहिचान बोकेको हाम्रो देश कृषि प्रधान देश भएकोले नेपाललाई कृषि विकासले आत्मनिर्भरताको बाटो तिर अघि बढाउने डा। अनोज शाक्यले बताउनुभयो ।































