पोखरा । लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव गरिनेभएको छ ।
आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवम् कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनका श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उहाँले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्नाका लागि लेखनाथ क्षेत्रमा पहिलोपटक यो उत्सव गर्न लागिएको जानकारी दिनुभयो ।
उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकारहरू उपलब्ध गराइने उहाँले बताउनुभयो ।
लेखनाथ क्षेत्रमा नै पहिलोपटक गरिएको यो उत्सव नेवाः संस्कृतिको जगेर्नाका साथै पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।































