राजनीतिको पहिलो समस्या भ्रष्टाचार : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताएका छन्।

 

सोफा उत्पादक सङ्घको आज प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्न आफैँबाट पहल थाल्नुपर्ने बताए।

उनले भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने एवं भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने हो भने सबै डराउने बताए।