काठमाडौ भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ्गले नेकपा एमालेलाई जग्गा दान गरेको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
आज रिट खारेज भएपछि उक्त जग्गामा पार्टी कार्यालय बनाउन एमालेलाई बाटो खुला भएको छ।
अदालतमा मुद्दा विचाराधीन रहेका व्यापारी गुरुङ्गबाट जग्गा दान लिनु घुस सरह हुने भन्दै एमाले भित्र आलोचना भएको थियो। आलोचना गर्ने एमाले नेताहरूलाई पार्टीले स्पष्टिकरण नै सोधेको छ।
गत मंसिर २८ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा सो मुद्दा सुनुवाइ भए पनि उक्त सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। रिट खारेज भएसँगै नियमित प्रक्रियामा जान अवरोध नभएको अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए।































