काठमाडौँ । किराँत समुदायको ठुलो चाड ‘साकेला उधौली’ सुरु भए सँगै टुँडिखेलमा शनिबार साकेला नाचेर उधौली मनाएका छन् ।
किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने गर्दछन् । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।
हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उधौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।
उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् । किराँत समुदाय भित्र विभिन्न जातिहरू रहेकाले जाति, स्थान र संस्कार अनुसार यो पर्व फरक फरक तरिकाले मनाउने गरिन्छ ।
किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्छन् ।
यस्तै पहाडी जिल्लाबाटा बसाई सराई गरेर पुर्वि तराईमा झरेका तथा काठमाडौ उपत्यकामा रहेका किराती पनि एक ठाउँमा भेला भएर सामुहिक रुपमा साकेला नाच्ने सामुहिक रुपमा पनि पर्व मनाउने गरिएको छ। प्रत्येक बर्ष मंसिर पुर्णिमालाई उधौली र बैशाखे पुर्णिमालाई उभौलीको रुपमा मनाउने गरिन्छ । किराती पुर्खाले समयको मापन गर्ने गरी दुई भागमा विभाजन गर्ने गरेर उधौली र उभौलीको रुपमा मान्ने विश्वास गरिन्छ ।
विशेष सम्पुर्ण किरात गैर किरातहरुको बाक्लो उस्थितीमा साकेला नाचेर मनाइन्छ । विशेष गरी किराँत राईको बसोबास रहेको सबै जिल्ला बिशेष गरी पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापालगायत काठमाडौं,ललितपुर किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ साकेला मनाईदैछ ।
यो चाड नेपाल बाहिर भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत मनाउने गरिन्छ । उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा साकेवा नाच्ने गर्दछन् ।































