काठमाडौँ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलको अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउने बताएका छन् । एनपीएलको पहिलो संस्करण सकिए लगत्तै सचिव खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन् ।उनले भने– ‘भविष्यमा यस लिगलाई विश्वकै उत्कृष्ट लिगहरू मध्येको एक बनाउने हाम्रो लक्ष्यका साथ अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउन प्रतिबद्ध रहनेछौँ।’
सचिव खड्काले विजेता जनकपुर बोल्ट्सलाई बधाई दिँदै सम्पूर्ण सहभागी फ्रेन्चाईज टिमहरू र खेलाडीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
साथै उनले प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय खेलकुद परिषद, आठ फ्रेन्चाईज टिमका मालिक र सम्पूर्ण प्रायोजक तथा क्रिकेटलाई माया गर्ने सम्पूर्ण समर्थक तथा शुभेच्छुक महानुभावहरूलाई हृदयदेखि धन्यवाद दिएका छन् ।