काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को कार्यवाहकको अभ्यासमा देखिएको छ । सोमबार उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णयसँगै रास्वपामा अहिले नै तीन पदाधिकारी कार्यवाहक बनेका छन् । अर्थात् डीपी कार्यवाहक सभापति, कवीन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री र मनिष झा कार्यवाहक प्रवक्ताको भूमिकामा रहेका छन् ।
यसअघि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर हुँदा पनि रास्वपाले २०७९ माघमा अर्याललाई नै कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । त्यतिबेला रवि लामिछाने सांसदबाट पदमुक्त भएकाले संसदीय दलको नेता समेत अर्याल नै बनेका थिए ।
































