काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए ।
उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । उनका अनुसार गाभीले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि उक्त एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय बालिका र किशोरीलाई खोप लगाउँदैछ ।
महाशाखाका निर्देशक डा.रायमाझीका अनुसार कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६० मात्रा, बागमतीको हेटौँडाका लागि एक लाख २५ हजार आठ सय मात्रा, बागमतीको भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० खोपको मात्रा पठाइसकेको छ ।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा.रायमाझीले जानकारी दिए । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।