भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

मंगलबार राति बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

नेता वामदेव गौतमसँग छलफल गर्दै जाने निर्णय भएको एमाले नेताहरूले जनाएका छन् ।