त्रिपोली । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले सोमबार लिबियाको तटबाट गत हप्ता एक हजार ३१३ आप्रवासीलाई उद्धार गरिएको जनाएको छ ।
“जनवरी १९ देखि २५ सम्म एक हजार ३१३ आप्रवासीलाई लिबिया फर्काइयो,” आईओएमले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
आप्रवासीहरूमा १६० भन्दा बढी महिला र ६० भन्दा बढी बालबालिका रहेको आईओएमले जनाएको छ ।
आईओएमले यस वर्ष हालसम्म एक हजार ८०६ आप्रवासी लिबिया फर्काइएको जनाएको छ भने अन्य ३२ जनाको मध्य भूमध्यसागर जाने बाटोमा मृत्यु भएको छ ।
































