पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक लक्ष्य

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा तयारी थालिएको छ। आन्तरिक र बाह्य गरि सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने र पोखरामा पाहुनाको आकर्षण थप्नका लागि विभिन्न प्याकेज पनि दिने तयारी गरेको पोखरा महानगरपालिकाले बताएको छ।

आगामि फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रमा विशेष कार्यक्रम गरेर ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरिने महानगरका मेयर धनराज आचार्यले जानकारी दिए। पोखरा भ्रमण वर्ष घोषणा गर्नका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समिति तय गरिएको छ।