पाँचथर — घरनजिकै रहेको वडा कार्यालयबाट जनप्रतिनिधिबाट सामाजिक सुरक्षा भत्ता बुझेपछि तुलाहाङमा लिम्बू हर्षले गद्गद भइन् ।
‘अघिल्लो वर्षसम्म भत्ता बुझ्न गोपेटार बजारसम्म जानु पर्थ्यो, कहिले गाडी नपाइने, बैंकमा पुगेपछि लाइन बस्नुपर्ने, पालो पर्खिंदा जाडोले सताउने, कहिले काहीँ त रात परेर उतै बास बस्नु पर्थ्यो,’ उनले भनिन्, ‘यसपटक घरछेउमै ल्याएर दिनुभयो, धेरै धेरै धन्यवाद । हाम्रो आशिस पनि उनैलाई लागोस् ।
‘घर–टोलमै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा विशेषतः अपाङ्गता भएका नागरिकलाई राहत भयो, राष्ट्रिय परिचय पत्र र अपाङ्गता परिचय–पत्र पनि शिविरबाटै उपलब्ध गराँउदा विशेष लक्षित वर्गका नागरिकले लाभ पाए,’ उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईंले भनिन् ।
































