कुलमानले सरकारलाई बुझाए स्पष्टीकरण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् ।

आइतबार घिसिङले १७ पृष्ठ लामो स्पष्टीकरण ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई बुझाएका हुन् ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई चार बुँदे स्पष्टीकरण सोधेको थियो ।
जसको जवाफ आइतबारसम्म दिनुपर्ने थियो । त्यसअघि कार्यसम्पादन समयमा नबुझाएको भन्दै ऊर्जा मन्त्रालयले उनलाई शून्य नम्बर दिएको थियो ।