काठमाडौं – काठमाडौंको तीनकुनेमा लगाइएको कर्फ्युको समय थप गरिएको छ । काठमाडौं जिल्ला प्रशासनले एक सुचना जारी गर्दै भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको जनाएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यु जारी गरिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू जारी रहने जनाएके छ । कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित तीनकुने क्षेत्रमा निस्किएको थियो ।
राजधानीका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश भएसँगै प्रहरीलाई पनि आगजनी गर्नेमाथि गोली चलाउन अनुमति दिइएको छ।
































