काठमाडौं । चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना घटाएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न भनी पक्राउ परेका अधिवक्ता स्वागत नेपाल भने संलग्नता पुष्टि नभएपछि रिहा भएका छन् ।
































