काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ । यो क्याम्पेनमा मोटरसाइकल किन्दा ग्राहकले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र गीफ्टहरू जित्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर १ लाख रुपैयाँ सम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।































