काठमाडौं– फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका विषयमा फोटो पत्रकारले राष्ट्रपतिसँग छलफल गरेका छन् भेटमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधाका लागि पहल गरिदिन आग्रह गरे ।
राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरताका साथ लिएको बताए । उनले आवश्यक पहल गर्ने आश्वासन दिए ।
भेटमा राष्ट्रपति पौडेलले भने, “तपाइँहरूले खिच्नुभएका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसकारण, राज्यले तपाइँहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ ।”































