२८ जेठ, काठमाडौं । नेपाल प्रहरीले दुई करोड बढी मूल्यका सुन, हिरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।
उक्त अनुसन्धानमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौँ तथा प्रहरी वृत्त जनसेवाबाट प्रहरी टोली खटिएका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।