काठमाडौंका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा काठमाडौं (कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) आसपासमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“पछिल्लो १ घण्टामा काठमाडौं (कपन, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल) आसपासमा भारी वर्षा भैरहेको छ । आवश्यक सतर्कता अपनाउनु होला,” विभागले आइतबार राति सूचना जारी गर्दै भनेको छ ।
विभागका अनुसार, आइतबार (असार ८, राति ११ बजे) काठमाडौंस्थित विष्णुमती नदी गोंगबु, वाग्मती नदी गौरीघाट, धोवीखोला कपन जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको र बढ्दो क्रममा छ । नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
































