भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडकमार्गको रूपमा रहेको भक्तपुर–नगरकोट १५ किलोमिटर सडकखण्ड कालोपत्र कार्य अन्तिम चरणमा पुगेको छ ।
नगरप्रमुख जीवन खत्रीले गत वैशाखदेखि सुरु गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई लक्षित गर्दै नगरपालिकाले आन्तरिक स्रोतबाट सडक स्तरोन्नति एवं कालोपत्रकार्य सुरु गरेको बताए ।
शारदा कन्स्ट्रक्सनले विगत १२ वर्षदेखि ठेक्का लिएर काम नगरेपछि सरकारले ठेक्का रद्ध गरेलगत्तै नगरपालिकाले रु १७ करोडको बोलपत्र आह्वान गरी काम सुरु गरेको उनले जानकारी दिए ।
































