कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा ७७ करोड ५१ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ तुलनामा त्यो रकम एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो ।
त्यस कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार ३५५ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट ५९ करोड ३७ लाख १४ हजार ३८० रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट एक हजार चार सय रुपैयाँ सङ्कलन भएको छ ।
















