रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेको छ ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार आइतबार सुरुङको भित्री भागमा खोजी गर्ने क्रममा दुई वटा शव फेला परेको हो। फेला परेका शवको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।
चिनियाँ नागरिकको जीवितै उद्धार भएपछि सुरुङमा अझै कोही फसेका छन् कि छैनन् भन्नेबारे खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। अहिले पनि सुरुङभित्र खोजी कार्य जारी रहेको आयोजनाले जनाएको छ ।
बाढी आएको आज १२औँ दिनमा अपर त्रिशूली–१ को सुरुङमा दुई शव फेला परेका हुन् । शव कसको हो भन्नेबारे पहिचान तथा थप विवरण आउन बाँकी छ ।



























