काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् ।
शनिबार राति सम्पन्न खेलमा दुवै टीमले एक–एक गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् ।
बराबरीले आर्सनल र लिभरपुल दुवैलाई फाइदा पुगेको छ । आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने लिभरपुल दोस्रो स्थानमा पुगेको छ ।
आर्सनलको ४० अंक रहँदा लिभरपुल र एस्टन भिल्लाको भने ३९ अंक छ । शनिबार रातिको खेलमा सुरुआती अग्रता भने आर्सनलले लिएको थियो ।