सुर्खेत । वीरेन्द्रनगरमा शुक्रबार राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुने भएको छ।
सुर्खेतमा २५ वर्षपछि राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो । यसअघि २०५५ सालमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो।
३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजक नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले जनाएको छ।
प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकारले र व्यवस्थापन कर्णाली प्रदेश भलिबल संघले गरेको संघका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।
कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ।
पुस २६ गतेसम्म हुने प्रतियोगिताका लागि ५६ लाख खर्च हुने् जनाइएको छ। यसमध्य प्रदेश सरकारले ४४ लाख रकम उपलब्ध गराउने भएको छ।