काठमाडौं । सशस्त्र प्रहरी बलले अधिकृतसहित विभिन्न पदमा भर्ना लिने भएको छ।
सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक ९इन्सपेक्टर०सहित विभिन्न पदमा २८८ जना कर्मचारी माग गरेको हो।
सशस्त्र प्रहरीले इन्सपेक्टर ९९ जना माग गरेको छ। यस्तै, सहायक निरीक्षक ९असई० ९८ जना, परिचर ९भान्से० ६५ जना माग गरेको छ। यस्तै, कुचिकार १० जना, सूचिकार ४ जना, केशकर्तक ४ जना, चर्मकर्मी ५ जना र माली ३ जना माग गरेको छ।
सशस्त्र प्रहरीद्वारा माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले पुस २० गते, शुक्रबारदेखि माघ २१ गतेसम्म आवेदन दिन पाउनेछन्।