प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुदै

काठमाडौं। जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज भैरहवामा गण्डकी र सुदूरपश्चिम प्रदेश आमने सामने हुँदैछन् ।

अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुबै खेलमा हार ब्यहोरेको छ, र टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुबै खेल जितेर प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

त्यस्तै, कीर्तिपुरमा आज हुने अर्को खेलमा एपीएफ क्लब र मधेश प्रदेश प्रतिस्पर्धा गर्दैछन् । एपीएफले आफ्ना दुवै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ, भने मधेश प्रदेशले आफ्ना ३ खेलमध्ये एकमा जित र २ मा हार ब्यहोरेको छ । आज हुने तेस्रो खेलमा मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।