पिएम कप क्रिकेट : कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुने भएको छ । आज कोशी र लुम्बिनी प्रदेश तथा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

कोशी र लुम्बिनीको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । यसैगरी, आज एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।