क्रिकेट विश्वकप : नेपालले अमेरिकासँग भिड्दै

काठमाडौं । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध अभ्यास खेल खेल्दै छ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ मा शुरु हुने छ ।

नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको वार्म-अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने, अमेरिका १९औं स्थानमा रहेको छ ।