काठमाडौं। आइसीसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले शुरुवाती विजयी निकालेको छ । गएराती सम्पन्न खेलमा वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।
पिएनजीले दिएको १३७ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वेस्ट इण्डिजको जितमा रोष्टन चेजले अविजित ४२ रन बनाए का थिए भने ब्राण्डन किङले ३४ र निकोलस पुरनले २७ रन बनाएका थिए ।
योसँगै समुह बी मा रहेको वेस्ट इन्डिजले महत्वपूर्ण २ अंक जोडेको छ ।
अब वेस्ट इन्डिजले अर्को खेल जुन ९ मा युगाण्डासँग खेल्ने तालिका छ भने त्यसअघि पीएनजीले जुन ६ मा युगान्डासँग नै खेल्ने तालिका छन् ।