अजय देवगनले शैतानवाट कति लिए पारिश्रमिक ?

एजेन्सी । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै रिलिज हुने तयारीमा छ ।

फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के तपाईलाई थाहा छ यो फिल्मका लागि फिल्मका स्टार कास्टले कति पैसा पारिश्रमिक लिए रु

मुख्य अभिनेता अजय देवगनले फिल्मका लागि ठूलो रकम लिएका छन । भारतीय सञ्चारमाध्यका अनुसार अजयले यो फिल्मका लागि २५ करोड भारु लिएका छन् ।

फिल्मको ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । अभिनेता पनि मुख्य भूमिकामा छन् । माधवनले फिल्मका लागि १० करोड पारिश्रमिक लिएको बताइएको छ ।

फिल्ममा साउथ अभिनेत्री ज्योतिकाको पनि महत्वपूर्ण भूमिका छ । अभिनेत्री शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिइएको जनाइएको छ ।

शैतान फिल्म कालो जादूमा बनेको हो । फिल्ममा आर माधवन तान्त्रिकको भूमिकामा छन् । फिल्म थ्रिलर र हररले भरिपूर्ण छ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकले निकै रुचाइएका छन् ।

अजय र माधवनको यो फिल्म मार्च ८ मा हलमा रिलिज हुँदैछ ।