अज्ञात समुहद्वारा बालिकाको घाँटी रेटेर हत्या

मोरङ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका-७ मा एक बालिकाको अज्ञात समुहले राति घाँटी रेटेर विभत्स हत्या गरेको छ।

खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका-६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो।

प्रहरीका अनुसार दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा-७ मा अध्ययन गरिरहेकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको हो ।

इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठउपरीक्षक नवराज कार्कीलगायतको टोली घटनास्थलमा आइपुगे जनाइसकेको छ । कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।