काठमाडौं । दोस्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ ।दोस्रो कर्णाली चलचित्र कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म सुर्खेतमा हुन लागेको हो ।
कर्णालीमा चलचित्रसम्बन्धी गतिविधि बढाउनुका साथै दक्ष सिनेकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिको आयोजकले जनाएको छ ।
आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्र कुमार खड्काले कार्यशाला विशेष हुने बताए ।
यो कार्यशालामा यसपटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । उनले कर्णालीमा चलचित्र निर्माण तथा विकास’दयगत चलचित्र विकास बोर्डको योजना’दयगत प्रकाश पार्नेछन् । यस्तै, चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशन’दयगत विशेष क्लास दिनेछन् ।
यो कार्यशालामा सहभागी विधार्थीले तीनवटा वृत्तचित्र र तीनवटा लघु चलचित्र निर्माण गर्ने पनि अध्यक्ष खड्काले बताए । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीले यो कार्यशालामा भाग लिने भएका छन् । चलचित्र विकास बोर्ड सहआयोजक रहेको यो कार्यशालामा विद्यार्थीले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् ।































