१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।