मस्कोमा आतंकबादी हमला : ६० जनाको मृत्यु

एजेन्सी। मस्कोमा भइरहेको कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमणमा मृत्यु हुनेको संख्या ६० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार क्रोकस सिटी हलमा अन्य १०० भन्दा बढी घाइते भएका छन्। उनीहरूको नजिकको अस्पतालमा उपचार भइरहेको छ ।

सो घटनाको जिम्मेवारी मुस्लिम आतंकबादी समुह इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । तर, रुसले भने यसमा अझै कुनै टिप्पणी गरेको छैन् ।

आतंकबादी हमलापछि कन्सर्ट भइरहेको सो कम्प्लेक्सको छतमा ठूलो आगो लागेको छ र रुसको राष्ट्रिय गार्डले बन्दुकधारीहरूको अझै पनि खोजी गरिरहेका छन् ।

ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिन काम गरिरहेको र युक्रेनले आक्रमणमा कुनैपनि संलग्नता अस्वीकार गरेको बताएको छ।