अष्ट्रेलियाको बेरोजगारी दर घट्यो

एजेन्सी ।अस्ट्रेलियामा बेरोजगारी घटेको छ ।राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अस्ट्रेलियाको बेरोजगारीको दर मे महिनामा घटेको हो ।

अष्ट्रेलियाली तथ्यांक विभाग ९एबीएस०ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्यांकका अनुसार बेरोजगारी दर अप्रिलमा ४।१ प्रतिशतबाट मे मा ४।० प्रतिशतले घटेको छ ।

अस्ट्रेलियन एसोसिएटेड प्रेस ९एएपी०ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको जनाएको छ ।

एबीएसले अप्रिल र मेको बिचमा ४० हजार मानिसहरूको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसहरूको बेरोजगारी घटेको बताएको छ । अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिसहरू काम सुरु गर्न चाहेकोमा मे महिनामा बेरोजगारीमा केही गिरावट र रोजगारीमा भएको वृद्धिले मानिसहरूले  जागिर सुरु गर्ने प्रतिबिम्बित गर्ने एबीएसका ब्योर्न जार्विसले एक विज्ञप्तिमा जनाए।