काठमाडौं। काठमाडौंको चन्द्रागिरि चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ ।
झापाका ३० वर्षीय सन्तोष तिवारी र ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो ।
भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीले थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।