काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प प्रभावित जाजरकोट तथा रुकुम पश्चिम जिल्लाका प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।
टानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ५० लाख ५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा गरी १५४ जनाको मृत्यु भएको थियो। भूकम्पबाट सयौं निजी घर तथा सार्वजनिक भवन लगायत संरचना भत्किएका छन्।