काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट घरबार गुमाएका नागरिकलाई अस्थायी आवास निर्माणका लागि नेपाली सेना र प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट र रुकुमपश्चिममा सेना र प्रहरी खटाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकरी दिइन् ।
कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भुकम्प गएको थियो ।