काठमाडौं । एनएमबि बैंकले लाभांश नदिने भएको छ । बैंकको मङ्सिर १३ गते बसेको संचालक समितिको ४५८औं बैठकले आर्थिक वर्ष २०७९ र ०८० को मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७९ र ०८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी संचित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो।