काठमाडौं । नेकपा एमालेले आजदेखि मध्यपहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा शुरु गर्दैछ ।
पदयात्रा शुभारम्भका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता बैतडी पुगिसकेका छन् ।
बिहान साढे ८ बजे अध्यक्ष ओलीले पदयात्राको उदघाटन गर्ने एमालेका सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।
अध्यक्ष ओलीले नेपालको झण्डा झण्डोत्तोलन गरेर पदयात्राको उद्घाटन गर्ने सचिव विश्वकर्माले बताए।
कार्यक्रमको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ
बैतडीबाट सुरु हुने कार्यक्रम पाँचथरको चिभञ्याङसम्म पुग्नेछ ।

























