एनसेल विक्री प्रकरणमा कर छल्ने मानिसलाई पक्राउ गर्न रविको चुनौती

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदविक्रीमा सरकारले समिति बनाएर अध्ययन गर्ने कुरा नाटकमात्र भएको आरोप लगाएका छन्।

पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए। गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्न चुनौती दिए।