काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुले आज ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न भएका हुन् ।
२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।