एनएसएल : काठमाडौँ र ललितपुरबीच खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज काठमाडौँ र ललितपुरबीच खेल हुने छ।

फाइनलको लागि हुने यो दोस्रो खेल हो। आजको खेलमा जित्ने समुह फाइनलमा पुगेको धनगढीसँग प्रतिस्पर्धा गर्नेछ।

आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुने छ।