त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि यसअघि जारी भएको विज्ञापन रद्द भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रियाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका सहकुलपति अशोक कुमार राईलाई आफ्नो कार्यकक्षमा बोलाएर उक्त विज्ञापन रद्द गर्दै सच्याएर नयाँ सूचना जारी गर्न निर्देशन दिए थिए ।

यसअघि प्रकाशित विज्ञापनमा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो।