काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने बताएका छन्।
नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसको सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले दरबन्दी थप्न लागिएको बताए ।
आयुर्वेदिक उपचार महत्वपूर्ण उपचार पद्धति रहेको भएपनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी दिन नसकेको उनको भनाइ थियो।